Logo

१७ माघ,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा वातावरण तथा वन्यजन्तु सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाउँपालिका वडा नं. दुई काठमाण्डौँ टोलमा रहेको श्री वन शक्ति आधारभूत प्राथमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

डिभिजन वन कार्यालय पर्साको आयोजना तथा सब डिभिजन वन कार्यालय बसन्तपुरको सहजीकरणमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागि विद्यार्थीलाई वन र वन्यजन्तुको संरक्षण सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

सब डिभिजन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले प्रशिक्षण दिनुभएको कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामपुकार यादवले गर्नुभएको हो ।

कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक गोबिन्द मिर्दाहा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमोहन साह लगायत शिक्षक शिक्षिकाको उपस्थिती रहेको थियो ।

 

 


सम्बन्धित समाचार