Logo

१७ माघ,बारा। बाराको अमलेखगञ्जमा पोलमा छेडिएर कक्षा पाँचमा अध्ययनरतको एकजना विद्यार्थीको मृत्यु भएको छ ।

नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । विद्युतिकरणका लागि नेपाल आयल निगमको मूल गेटमा पोख राखिएको प्रहरीले बताएको छ ।

घरबाट विहान पढ्न जाने बेलामा मृतक गोले दौडेर पोलमा राखिएको छडमा छेडिएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदीप बहादुर क्षेत्रीले जनाए ।
उनका अनुसार पोलमा चढ्नको लागि राखिएको रडको टाउँको छेडिदा गोलेको घटनास्थलमा मृत्यु भएको हो ।

अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण पाँचमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
प्रहरीका अनुसार लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए ।

प्रहरी भन्छ,‘लक्की विद्यालयको पोशाक लगाएर आयल निगम अगाडि रहेको पार्किङस्थलतर्फ जाँदै थिए, पार्किङ स्थलतर्फ हिँडेका लक्कीको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।’

 


सम्बन्धित समाचार