Logo

१७ माघ,वीरगञ्ज । ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको विभिन्न ठाँउमा सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।

सचेतनामूलक कार्यक्रम अन्र्तगत ट्राफिक प्रहरीले पर्चा, पम्पलेट वितरण गर्नुका साथै साइकलहरुमा स्टिकर टाँस्ने कार्यक्रम चलाएको थियो ।

वीरगञ्ज महानगरपालिका–२ इदगाह चोकस्थित “ट्राफिक नियम सम्बन्धी सचेतनामुलक पर्चा पम्पलेट वितरण र साईकलहरुमा स्टिकर टाँस कार्यक्रम” सम्पन्न गरिएको थियो भने वडा नं.४ बिर्ता तरकारी बजार स्थित “डेंगु रोगबाट बच्ने उपाय सम्बन्धी सचेतनामुलक पर्चा पम्पलेट वितरण गरिएको थियो ।

यसैगरि वीरगञ्ज महानगरपालिका वडा नं.११ मा साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

फरकफरक स्थानमा सम्पन्न सचेतनामूलक कार्यक्रममा ग्यासुदिन ठकुराई, रेयाज मिया तेली, महजिद मिया अंसारीको, कुलनारायण प्रधान लगायतका सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार