Logo

१७ माघ,वीरगञ्ज । पर्सामा अग्नि पीडि़त एक परिवारलाई जनसेवा नामक सामाजिक सस्थांले बुधबार सहयोग गरेको छ ।

सस्थांले पटेर्वासुगौली गाउँपालिका–३ महेन्द्रपुर बस्ने छोटेलाल पासवानको परिवारलाई आर्थिक सहयोग गरेको हो ।सस्थांले पिडित परिवारलाई न्यानो कपडा सहित कूल १३ थान लत्ताकपडाहरु सहयोग गरिएको सस्थांका सँयोजक बृजेश्वरप्रसाद चौधरीले जानकारी दिए ।

गएको माघ ६ गते बिजुलीको सर्ट सर्किट भई पासवानको घरमा आगो लाग्दा घरसहित लत्ताकपडा, भाड़ावर्तन, खाघान्न सामग्री समेत जलेर नष्ट भएको थियो ।

कार्यक्रममा सँस्थाकी सदस्य सुभावती देवी, सामाजसेवी रामजन्म चौधरीको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार