Logo

२० माघ,बीरगञ्ज । अंकुश दैनिक पत्रिलकाले बीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटासहित आधा दर्जन भन्दा बढी पत्रकारहरु सम्मानित गरेको छ ।

बीरगञ्जबाट प्रकाशित अंकुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहमा आधा दर्जन भन्दा बढी पत्रकारलाई सम्मानित गरेको हो ।

अंकुश दैनिक २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा अंकुश दैनिक पत्रिकाले बीरगन्जका पत्रकारहरु क्रमशः केसी लामिछाने, शत्रुघन नेपाल, ओमप्रकाश खनाल, राम सर्राफ र विजय भण्डारी,राजन रौनियारसहितका पत्रकारलाई कदरपत्रसहित सम्मानित गरेको हो ।

योसंगै अन्य पेशा तथा सहयोगीहरुले समेत अंकुश दैनिका पत्रिकाले आज सम्मानित गरेको थियो ।पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि कांग्रेस महामन्त्री गगन थापाले कदरपत्र दिँँदै पत्रकारहरुलाई सम्मानित गरेका थिए ।

अंकुश दैनिक पत्रिका प्रधान सम्पादक दीपेन्द्र चौहानले विभिन्न समयमा पत्रिकासंग आवद्ध भएर पत्रिकालाई यहाँसम्म पु¥याएको पत्रकारहरुलाई सम्झनास्वरुप सम्मानित गरिएको बताए । उनको अनुसार यो सम्मान अंकुश दैनिकसंग आवद्धताको सम्मान हो ।


सम्बन्धित समाचार