Logo

२१ माघ,वीरगञ्ज । प्याब्सन नकआउट टि २० क्रिकेट टुर्नामेन्टको उपाधी मनकामना माविले उचालेको छ । वीरगञ्जमा भएको फाइनल खेलमा एमइएस माविलाई पराजित गर्दै मनकामनाले उपाधी हात पारेको हो ।

आर्दशनगर खेल मैदान हिजो भएको फाइनल खेलमा मनकामना माविले एमइएस माविलाई २४ रनले हराएको हो । टस जितेर ब्याटिङ रोजेको मनकामनाले निर्धारित ओभरमा ९ विकेटको क्षतीमा एकसय ५३ रन बनायो । जवाफी ब्याटिङ गरेको एमइएस १९.१ ओभरमा पूरै विकेट गुमाएर एकसय २९ रनमै समेटियो ।

हिजोको फाइनल खेलमा सन्नी कुशवाहा म्यान अफ म्याच भए । यस्तै प्रतियोगितामा उपबिजेता टोली एमइएस मावि बनेको छ । यस्तै तेस्रो स्थान साउथ जोन माविले हात पारेको छ । साउथ जोनले गौतमलाई ७ रनले हराउँदै तेस्रो बन्यो ।

एक समारोहको आयोजना गरि उपाधी बिजेता, उपबिजेता लगायत विभिन्न विद्याका पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा बेस्ट ब्याट्सम्यान महम्मद रिहान, बेस्ट बलर रोबिन कुमाल, बेस्ट विकेट किपर मानन्धर कुशवाहा र म्याच अफ सिरिज रोबिन कुमाल घोषित भए ।

 


सम्बन्धित समाचार