Logo

फाइल तस्बिर

२१ माघ,सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, भरतताल नजिक शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार बरहथवा नगरपालिका–७, की १९ वर्षीया अस्मिता रायको मृत्यु भएको हो । भरत तालबाट बरहथवातर्फ जाने सडकमा मधेस प्रदेश–०३–२५ प ५९२७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा अस्मिता गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपश्चात् चन्द्रपुर सरकारी अस्पताल रौतहट पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७, कै २६ वर्षीय मुन्ना यादव सामान्य घाइते हुनुभएको छ ।

चालक यादव र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भरत तालमा घुमफिरका लागि आएका उनीहरू दुर्घटनामा परेका हुन् ।

प्रहरीले अस्मिता र मुन्नासँगै घुमफिरका लागि आएका मोटरसाइकल धनी २१ वर्षीय सिद्धान्त कुमार शर्मालाई पनि नियन्त्रणमा लिएको छ ।

 


सम्बन्धित समाचार