Logo

२१ माघ,वीरगञ्ज । पर्साको अलौंमा रहेको द्वारदेवी माध्यमिक विद्यालयमा अध्ययनरत दश जोड दुई (प्लस टु) का विद्यार्थीहरु विद्यालय प्रशासनविरुद्ध आन्दोलित भएका छन् ।

निःशुल्क शिक्षाको माग गर्दै कक्षा ११ र १२ मा अध्ययनरत विद्याथीहरु आज विहानदेखि नाराबाजी गर्दै विद्यालय प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
विद्यार्थीहरुले स्कुल प्रशासनले (प्लस टु) का विद्यार्थीहरुसंग हरेक महिना लिरहेको शुल्कबापतको ५ सय रुपैयाँ खारेजीको माग गर्दै नाराबाजीमा उत्रिका एक विद्यार्थीको भनाइ छ ।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरुका अनुसार स्कुलले अस्थायी शिक्षकको तलबका लागि हरेक महिना प्रत्येक विद्यार्थीसंग ५ सयको दरले शुल्क लिने गरेको छ ।
त्यही खारेजीको मागसहित ३ बुँदे माग राख्दै आफूहरु आन्दोलित भएको विद्यार्थीहरुको भनाइ छ । अलौं प्रहरीका अनुसार अहिले विद्यार्थीहरु विद्यालय प्रशासनविरुद्ध प्रदर्शनमा छन् ।

विद्यार्थीहरुले निःशुल्क शिक्षाको माग, अहिलेसम्म बुझाइएको रकमको विवरण सार्वजनिक र पढाइ नियमितको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
द्वारदेबी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा करिब ७५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक दयाकान्त झाले बताए । उनका अनुसार (दश जोड दुई) का विद्यार्थीहरुको अध्यापनका लागि स्थायी शिक्षक नभएकोले अस्थायी शिक्षक राखी पढाउने कार्य भइरहेको छ ।

उनी भन्छन्,‘विद्यार्थीहरुसंग लिएको त्यो पैसा अस्थायी शिक्षकलाई दिइन्छ, जुन यहाँको अभिभावक समितिसहितका निकायहरुको निर्णय बमोजिम हो । हामी आफ्नो मनले लिइरहेका छैनौं ।’ प्रधानाध्यापक झाले विद्यार्थीहरुबाट लिने पैसा बैंकमा नै जम्मा गराउने गरिएको बताए ।

उनका अनुसार राष्ट्र बैंकमा रहेको विद्यालयको खातामा विद्यार्थीहरुसंग पैसा जम्मा गराइन्छ । सरकारले विद्यालय शिक्षाको निःशुल्क घोषणा गरेको छ । विद्यालय शिक्षासम्म सबैले पढन पाऊन भन्ने हेतुले सरकारले विद्यालय शिक्षा निःशुल्क घोषणा गरेको हो ।

तर द्वारदेबी माध्यमिक विद्यालयमा जबरजस्ती विद्यार्थीहरुसंग पैसा असुलिरहेको विद्यार्थीहरुको गुनासो छ ।

 


सम्बन्धित समाचार