![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/02/423686647_3496115310680724_5203243272984667573_n.jpg?fit=1280%2C591&ssl=1)
२२ माघ,वीरगञ्ज । नेपाल टेलिकम मधेश प्रदेश वीरगञ्जले २० औँ वार्षिकोत्सव मनाएको छ । वीरगञ्जको मूर्लीस्थित कार्यलय परिसरमा नेपाल टेलिकमले २० औँ वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा उपस्थित सहभागीहरुले आगामी दिनमा समेत सेवा सुविद्यालाई चुस्त तुरुस्त बनाउने प्रतिवद्धता जनाए । नेपाल टेलिकम वीरगञ्जमा निर्देशक अमुल प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यलयका प्रबन्धक सुजित आनन्द मल्ल, उपप्रबन्धक बिकास प्रधान, लेखा प्रमुख तथा उपप्रबन्धक नेत्र बहादुर भुजेल, उपप्रबन्धक महेश ढुंगाना र मनिष कुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा केशव रेग्मी र मनोज लम्सालले खादाँ लगाएर स्वागत गरे ।