Logo

२३ माघ,वीरगञ्ज । पर्सा प्रहरीले सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाको विभिन्न ठाँउमा सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । सचेतनामूलक कार्यक्रम अन्र्तगत प्रहरीले पर्चा, पम्पलेट वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

वीरगञ्ज महानगरपालिका–२ सामुदायिक प्रहरी सेवा अगाडी, वडा नं. १० आर्दशनगर चोक र वडा नंं ४ विर्ता चोकमा “लैंगिक हिंसा सम्बन्धि सचेतनामुलक पर्चा पम्पलेट वितरण कार्यक्रम” सम्पन्न गरिएको थियो ।

फरकफरक स्थानमा सम्पन्न सचेतनामूलक कार्यक्रममा जयप्रकाश खेतान, साहेब हुसेन, प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर श्रेष्ठ, महजिद मिँया अन्सारी, प्रहरी हवल्दार राजेश कुमार साह लगायत स्थानीय भद्रभलादमी, व्यापार व्यावसायी, स्थानीयबासिन्दाको सहभागिता रहेको थियो ।

 


सम्बन्धित समाचार