Logo

२४ माघ,ठोरी । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसर पारेर पर्साको ठोरी गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिएको छ ।

सोनाम ल्होछारलाई भव्य रुपमा मनाउन पालिका मातहतका कार्यालय र शिक्षण संघसंस्थाहरुमा माघ २६ गते शुक्रबारदेखि र २८ गते आइतबारसम्म सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका कार्यालयले आज एक सुचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । गत वर्ष पनि पालिकाले सोनाम ल्होछारको अवसर पारेर ३ दिन पालिकाभित्र सार्वजनिक विदा दिएको थियो ।

यसवर्ष शनिबार सोनाम ल्होछार परेको हुनाले शुक्रवार र आइतवार समेत विदा दिइएको ठोरी गापाले जनाएको छ ।

ठोरी गाउँपालिका तामाङ समुदायको उल्लेख्य बसोबास भएको क्षेत्र भएकोले सो समुदायको नयाँ वर्ष हर्षोल्लास सहित मनाउनका लागि यस अघिका वर्षहरुमा पनि ३ दिन बिदा दिने गरिएको थियो ।


सम्बन्धित समाचार