Logo

२५ माघ,बारा । राष्ट्रिय अनुसन्धान विभागका पुर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको सवारी दुर्घटनामा परी निधन भएकको छ।

बाराको मानमत–मटिअर्वा सडक खण्डको कलैया उपमहानगरपालिका–१६ उत्तरझिटकैया गाउँमा बुधबार साँझ सवारी दुर्घटना हुँदा घाइते भएका ६० वर्षीय थापाको कलैयाको राजलक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

प्रहरीका अनुसार थापाले चलाएका ना३०प ९८३० मोटरसाइकल ना८ख २१९५ नम्बरको टिपरसँग ठोकिएको हो ।

पूरश्चिम महेन्द्र राजमार्गको छेउमा जितपुरसिमरा उपमहानगरपालिका–१६ मा पर्ने पिलुवा गाउँबाट कलैयातर्फ आउँदै गरेका थापाको सवार मोटरसाइकल र कलैयाबाट पिलुवातर्फ जाँदै गरेको टिपर आपसमा ठोक्किएको थियो ।लक फरार छन् भने टिपर प्रहरीको नियन्त्रणमा छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । थापाको शव कलैया प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । थापा पछिल्लो समय कलैया–५ घुसुकपुरमा परिवारसहित बस्दै आएका थिए।


सम्बन्धित समाचार