Logo

२५ माघ,सेढवा । पर्साको थरुहठ क्षेत्रमा सामाजिक परम्परामा एक अर्कालाई सहयोग गर्नेको सङख्यामा वृद्धि भएको छ । यस क्षेत्रका थारू समुदाय तथा अन्य समूदायका परिवारलाई एक अर्कालाई आर्थिक तथा सामाजिक सहयोग गर्ने वातावरण विकसित हुदैँ गएको हो ।

संकट तथा दुःख परेको समयमा एकापसमा सहयोग गर्नुको साथै परिवारमा आयोजना गरिने भोजभतेर तथा अन्य कार्यक्रममा समेत उनीहरु एकलेअर्कालाई सहयोग गर्दछन् । जिराभवानी गाउँपालिका वडा नंं.२ का वडाध्यक्ष महादेव महतो थारुले विशेषत् थारु समूदायमा विवाह भोज, काजक्रियाका लागि २० देखि ३० परिवारको एउटा समूह नै बनाइएको जनाए ।

उक्त समूहका सदस्यहरुले कामकाज तथा भोजभतेरमा आवश्यक दाउरा, दुनाटपरी, खानाको व्यवस्थापन, निम्तो दिने लगायतका कार्यमा सहयोग गर्ने उनले बताए । समूहका सदस्यहरुले परिधिमा रहेर कार्यमा सहयोग गर्नुपर्ने उनको तर्क छ ।

कार्यक्रम सफल बनाउन आलोपालो गरी कामका जिम्मेवारी समेत तोकिएको वडाध्यक्ष थारुले बताए । आयोजना हुने कार्यक्रममा आउने पाहुनाहरुलाई खाने बस्ने व्यवस्थापनका लागि समूहका सम्पूर्ण सदस्यको अनिवार्य उपस्थिति हुनुपर्ने नियम बनाईएको बताइएको छ ।

समाज आयोजना हुने जस्तोसुकै क्रियाकलापमा सबैको सहभागिता समान रहन्छ । यस्तै भोजभतेरका लागि खाद्यान्न, रकम लगायतका अन्य आवश्यकताका सामान पनि समाजबाट सजिलै पूर्ती गरिन्छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ निवासी प्रमोद चौधरीले सक्षम नभएका परिवारले पनि बिवाहको दिन तय भए, समूदायबाट हरेक सामानको व्यवस्थापन गरी बिहे गराउने चलन रहेको जनाए । कार्यक्रममा आवश्यक पर्ने चामल, दाल, तरकारी, मसला, नुन, तेल, भाडावर्तन, माछा, मासुका लागि खसी समेत दिएर सहयोग गर्ने चलन रहेको उनी बताउँछन् ।

यसका साथै दाइजो स्वरुप दुलहालाई फर्निचरका सामान लगायत सुनचाँदीका गहनासमेत दिन सहयोग गर्ने उनीहरु गर्दछन् । सहयोग गर्नेलाई उनको घरमा हुने बिहे भोजमा फिर्ता गर्ने नियम रहेको चौधरीले बताए ।

यता आपसी सहयोगको भावनाले समूदायका अन्य परिवारलाई समेत कहिले आर्थिक चाँप बढ्ने स्थानीय बताउँछछन् ।


सम्बन्धित समाचार