Logo

२५ माघ,वीरगञ्ज । यहि शनिबार परेको २८६० औ सोनाम ल्होछारको अवसरमा वीरगञ्जमा साँस्कृतिक कार्यक्रमसँगै विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ ।

बिहीबार सोनाम ल्होछार आयोजक समिति नेपाल तामाङ घेदुङ र टासी थार्वालिङ बैद्ध गुम्बा वीरगञ्जले पत्रकार सम्मेलन गरि यसबारे जानकारी गराएको हो ।
वीरगञ्ज पब्लिक कलेज ( वीपीसी) मा आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ पर्सा सचिव छेदुप लामाले सोनाम ल्होछारको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिने जनाए ।

उनका अनुसार सोनाम ल्होछारको अवसरमा बिहान सातदेखि १० बजेसम्म बौद्ध गुम्बा भिस्वा परिसरमा पुजा अर्चना गरि विशेष कार्यक्रम स्थल पुरानो बसपार्क आदर्शनगरसम्म ¥याली निकालिने बताए ।

यस्तै सोही दिन दिउँसो दुई बजेदेखि साँस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना गरिने कार्यक्रम तय भएको लामा बताउँछन् ।
साँस्कृतिक कार्यक्रममा तामाङ समुदायको परम्परागत नृत्य र गीतहरुको प्रस्तुति रहने छ ।

साथै कार्यक्रम स्थल आदर्शनगर पुरानो बसपार्क परिसरमा नेवार, थारु, मधेसका मारवाडी, कलवार समुदायको खानाको स्टलहरु समेत राखिने लामाले बताए ।
कार्यक्रमको कुल लागत तीन लाख रुपैँया रहेको तथा उक्त रकम विभिन्न प्रायोजकहरुको माध्यमबाट प्राप्त भएको आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार