Logo

२५ माघ,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका लत्ताकपडा तथा खुद्रा सामानहरु बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं.१४ गण्डकचोकस्थित सडकखण्डबाट ना ३ ख ४४१५ नम्बरको मालवाहक ट्रक पक्राउ गरेको हो ।

बिल बिजकभन्दा बढी सामानहरु लोड रहेको ट्रक वीरगञ्जबाट विराटनगरतर्फ जादैँ गरेको खबर प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जाँच गर्दा ट्रकमा लोड रहेका सामानको अनलाइन भिसिटिएस बिल शंकास्पद देखिएकाले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

बरामद सामानको मूल्यांकन ४४ लाख ५५ हजार ६८३ रुपैँयम कायम गरिएको प्रहरीले जनायो । पक्राउ परेको सामानसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी बताउँछ


सम्बन्धित समाचार