Logo

२५ माघ, काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुलाई सरुवा गरेको छ । सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको सशस्त्र प्रहरी वलको मुख्यालयले जनाएको छ ।

गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, नम्बर–३८ रिजर्भ गण झापामा निवन कुमार खडका, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ । नम्बर–४० गण पिलुवा बारामा मोहन बहादुर क्षेत्री, गण नम्बर–३ मोरङमा विश्वबन्धु खड्का र गण नम्बर–१२ बारामा सन्तोष बहादुर सिंहलाई पठाइएको छ ।

सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण–२०८० स्वीकृत भएपछि नयाँ बढुवा भएका सिसम–३, सिनियर ब्याच सिसम–२ र विभागिय टोलीका एसपीहरुले कमाण्ड पाएका छन् । यसपटकको सरुवामा ४१ जना एसपीले गणको कमाण्ड पाएका हुन् ।

सूचि सहित

 


सम्बन्धित समाचार