Logo

२७ माघ,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको चौथो जिल्ला वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न भएको हो ।

वीरगञ्जको शिवपार्वती धर्मशालामा सम्पन्न चौथो साधारण सभाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५९ बुँदे प्रस्तावित कार्यक्रम गर्ने योजना बनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति पर्साले चालु आवका लागि ल्याएको प्रस्तावित कार्यक्रमहरुमा गत वर्ष शाखाको तेस्रो जिल्ला वार्षिक साधारण सभाबाट प्राप्त निर्देशनहरु आत्मसात गरि अगाडी बढ्ने, सगंठनात्मक विकासको निम्ति क्षमता बिकासको अवधारणालाई सबै क्षेत्रमा अघि सार्ने, शाखाको सागंठनिक इकाईहरुमा  व्यवस्थित र चुस्त दुरुस्त बनाई वैधानिक दायित्वहरु पुरा गर्दै सस्थांगत क्षमताको बिकास गर्ने, नेरेसो केन्द्र र प्रदेशको निर्देशन पालना गर्ने, कार्यक्रम र गतिविधिहरुमा जिम्मेवारीपूर्ण सहभागिता र स्वयंसेवक परिचालन गरि सस्थांगत बिकास गर्ने, सस्थांको सगंठनात्मक क्षमता एवम् गतिविधिलाई विश्वव्यापीकरण गर्न नेपाल रेडक्रस सोसाइटी केन्द्रसँग समन्वय गरि वेवसाइट निर्माण गर्ने लगायतका रहेका छन् ।

कार्यक्रममा सहभागि वक्ताहरुले रेडक्रसले आगामी दिनहरुमा समेत मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकता लगायतका सिद्धान्तहरुलाई अंगालेर चुस्त दुरुस्त सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए ।

नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कडेँलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता मधेश प्रदेशका सभापति फूलमहम्मद मिँयाले गरेका थिए ।


सम्बन्धित समाचार