Logo

२९ माघ,वीरगञ्ज । सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेका छन् ।

सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा रामपुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका थिए ।

उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

 

 


सम्बन्धित समाचार