Logo

१ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सेवाग्रहीहरुलाई चुस्त दुरुस्त सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । वीरगञ्ज महानगरपालिका अन्र्तगत ३२ वटै वडाका सचिवहरुलाई मेयर सिंहले यस्तो निर्देशन दिएका हुन् ।

महानगरपालिकाको कार्यालयमा मेयर सिंहको अध्यक्षतामा बसेको वडा सचिवहरुसँगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । सेवाग्राहीहरुलाई बिना झण्झट सेवा उपलब्ध गराइ जिल्लामा सुशासन कायम राख्न नगरप्रमुख सिंहले निर्देशन दिएको सचिवालयले जनाएको छ ।

कार्यालय समयमा सफाई, विजुली बत्ती, सिफारिस र विकास निर्माणको काममा लगनशील भएर लाग्न सबै कर्मचारीहरुलाई मेयर सिंहले निर्देशन दिएका महेश दासले जनाए ।

बैठकमा प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराई, सुशासन समितिका संयोजक प्रदिप चौरसिया र सदस्यहरु, प्रेस सल्लाहकार महेश दास लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार