Logo

१ फागुन,वीरगञ्ज । भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ ले आफ्नो प्रर्दशन मिति तय गरेको छ । उक्त फिल्म यहि शुक्रबारदेखि वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा प्रर्दशनीमा आउने भएको हो ।

शिवम् आर फिल्मसले मङगलबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरि यसबारे जानकारी दिएको हो ।

चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले स्थानीय स्तरमा बनाइएको उक्त फिल्ममा स्थानीय भोजपुरी भाषा, कला र सस्कृतिंलाई प्राथमिकता दिएको बताए ।
एक पेसा परवरिस चलचित्रमा गढीमाईको महिमालाई दर्शाइएको उनले जनाए । समाजमा बाझोपन भएका महिलाहरुले भोग्दै आएको कथावस्तुलाई उजागर गरिएको बताए ।
३२ लाखको लागतमा निर्माण गरिएको यस चलचित्र दुई घण्टा २० मिनेटको रहेको बताइएको छ । चलचित्रमा पाँच वटा भोजपुरी गितहरु समेटिएका छन् ।
पत्रकार सम्मेलनमा स्थानीय भोजपुरी गायक सुनिल पण्डित लगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

सुनिल तिवारीले निर्देशन गरेको चलचित्रमा कलाकारहरु सोम्या पोखरेलको अभिनय रहेको छ ।

 


सम्बन्धित समाचार