Logo

१ फागुन,वीरगञ्ज । विश्वभरका समुदायलाई सामाजिक न्याय र शान्तिको सन्देश दिन भोलीदेखि शान्ति पद यात्राको शुभारम्भ हुने भएको छ ।

गान्धीदेखि बुद्धसम्म शान्ति यात्राबारे आज बीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरुबाट जानकारी गराइएको हो ।

विश्व सामाजिक मञ्चको पूर्वसन्धयामा एकता परिषद भारत,राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल एकता महिला समाज र समुदायिक आत्मनिर्भर केन्द्रको संयुक्त आयोजनामा भोलीदेखि शान्ति पद यात्राको शुभारम्भ गरिने बताइएको छ ।

भोलीदेखि निकालिने शान्ति पद यात्रामा विहारको रक्सौलदेखि बीरगञ्जको परवानीपुरसम्म पैदल यात्रा गर्ने कार्यक्रम तय भएको आयोजित पत्रकार सम्मेलनमार्फत जनाइएको हो ।

विहारको रक्सौलदेखि परवानीपुरसम्म हुने पैदल यात्रामा २ सय जना भन्दा बढीको सहभागिता रहेको बताइएको छ ।
त्यसपछि परवानीपुरबाट बस चढेर काठमाडौंमा पनि पद यात्रा गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

गान्धीदेखि बुद्ध शान्ति अभियान ५ दिनसम्म जारी रहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो ।
काठमाडौंमा हुने विश्व सामाजिक मञ्चको १६ औं संस्करणमा हजारौं अभियान्ताहरु सहभागि हुने एकता परिषदका अध्यक्ष रणसिंह परमारले बताए ।

उनका अनुसार यस अभियान अन्तर्गत भूमि,जीवकोपार्जन र आवासदेखि लिएर शान्तिपूर्ण र अहिंसात्मक समाज निर्माणमा सम्बन्धमा ७ वटा कार्यशाला र सेमिनार गरिनेछ ।


सम्बन्धित समाचार