![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/02/congress-1.webp?fit=1000%2C500&ssl=1)
३ फागुन,काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।
बैठकमा आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकका सम्बन्धमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । केन्द्रीय कार्यालयले महासमिति बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसैबीच, कांग्रेसले महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेश गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेश गर्न लागिएको हो ।
यसैगरि महासमितिमा छलफलका लागि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेश गर्नुहुनेछ ।