Logo

फाइल तस्बिर

३ फागुन,वीरगञ्ज । सर्लाहीमा एक आपसमा मोटरसाइकल ठोक्किदा एक जना किशोरको मृत्यु भएको छ । नवलपुर–मलंगवाको गम्हरीयामा गएराति दुइवटा मोटरसाइकल आपसमा ठोक्किदा एक किशोरको मृत्यु भएको हो ।

दुर्घटनामा २ जना किशोर घाइते समेत भएको सर्लाही प्रहरीले जनाएको छ । मलंगवाको गम्हरीयामा बीआर ०६ बीपी ४१७२ र बीआर ३० डी ३५१८ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा मलंगवा ११ बस्ने रामविश्वास रायका १५ छोरा विकास रायको मृत्यु भएको सर्लाही प्रहरीले जनायो ।

घाइते २ किशारको भने थप उपचारको लागि बीरगञ्ज ल्याइएको प्रहरी बताउँछ । दुर्घटनामा परी मलंगवाका निरज पटेल र रोशन पासवान गम्भीर घाइते भएको सर्लाही प्रहरी भनाइ छ ।

 


सम्बन्धित समाचार