Logo

३ फागुन,वीरगञ्ज । ‘भ्यालेन्टाइन डे’ मनाउन साथीको कोठामा लगेर सिरहामा एक नाबालिका बलात्कृत भएकी छिन् । लहान नगरपालिका वडा नंं. १ स्थित भाडामा कोठा लिएर बस्दै आएका अरुण यादवको कोठामा लगेर १८ वर्षीय निकेश यादवले नाबालिकालाई बलात्कृत गरेका हुन् ।

बुधवार दिउँसो करिब २ बजे निकेशले अरुणको कोठामै बालिकालाई बलात्कार गरेका सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जनाए । घटनाबारे रातको १२ बजे पीडित परिवारले प्रहरीमा खबर गराएको प्रहरीले जनायो । पीडित परिवारको जाहेरी लगत्तै प्रहरीले आरोपी निकेशलाई पक्राउ गरेको डिएसपी पाण्डेले बताए ।

बलात्कृत बालिका अत्याधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेका थिए । तर बालिकाको अवस्था गम्भिर भएकाले त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको पीडित परिवारले जनाए ।


सम्बन्धित समाचार