Logo

३ फागुन,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं. २ झोङ्गर गाउँको पैनी किनारबाट सालको गोलिया बरामद भएको छ । पर्साको बिन्दबासीनी कोईलाभार साझेदारी वन उपभोक्ता समितिले सालको गोलिया बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा समितिले तीन थान सालको गोलिया बरामद गरेको हो । समितिका अध्यक्ष रिजवान आलमको नेतृत्वको टोली, सब डिभिजन वन कार्यालय बडनिहारको वन सुरक्षा गस्ती टोली, ईलाका प्रहरी कार्यालय एकटाङ्गा र मनवा प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले सालको गोलिया बरामद गरेको हो ।

परालले लुकाईछिपाई राखिएको अवस्थाबाट करिब ३२ क्युफिट सालको गोलिया बरामद भएको अध्यक्ष आलमले बताउनुभयो । बरामद काठ आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको उहाँले जानकारी दिनुभयो ।

काठ तस्करको खोजी कार्य भइरहेको सब डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत उज्वल यादवको भनाइ छ ।

 


सम्बन्धित समाचार