Logo

३ फागुन,वीरगञ्ज । रौतहटमा एकजना युवकले कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका छन् । आफैँले बोकेको कटुवा पेस्तोलले गोली हानेर एक युवकले आत्महत्या गरेका हुन् ।

वृन्दावन नगरपालिका ७ धमौराका ४५ वर्षीय जयप्रकाश साहले आफैँले बोकेको कटुवा पेस्तोलले आज बिहान गोली हानेर आत्महत्या गरेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओमप्रकाश खनालले जनाए । साहले आफ्नो घरमै रहेको कटुवा पेस्तोलले छातिमुनी पेटको माथिलो भागमा एक राउण्ड गोली प्रहार गरेका उनले बताए ।

गोली लागेर गम्भिर घाइते रहेका उनलाई उपचारको लागि भरतपुर अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको पेस्तोल प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको डिएसपी खनालले बताएका छन् ।

घटनाको कारणबारे अनुसन्धान रौतहट प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार