Logo

३ फागुन,वीरगञ्ज । पर्सा प्रहरीले बेवारिसे अवस्थामा मोटरसाइकल फेला पारेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १४ बाट प्रहरीले बेवारिसे अवस्थामा मोटरसाइकल फेला पारेको हो ।

ना ४७ प ३८३० नम्बरको फोनिक्स कम्पनीको मोटरसाइकल फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए । चेसिस नं D6 25 SF 411 h\ 1d\ 84968 / OlGhg g+=FF 4d\ h\ 1178788D6 25 SF 411 h\ 1d\ 84968 / OlGhg g+=FF 4d\ h\ 1178788 नम्बरको मोटरसाइकल बरामद भएको उनले बताए ।

चेसिस र इन्जिन नम्बर प्रमाणित हुने कागजातहरुसहित जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार