Logo

४ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका एसपीको कोमल शाहले रवाना बुझेका छन् । सरुवा निस्केको तेस्रो दिनपछि प्रहरी प्रमुख शाह आज रवाना भएका हुन् ।

रवाना बुझ्नु अघि एसपी शाहले पर्सेली सञ्चारकर्मीहरुसंग भेटघाट गरेका थिए । विहान जिल्ला प्रहरी कार्यालयमा राखिएको भेटघाट कार्यक्रममा एसपी शाहले सबै सञ्चारकर्मीहरु सहयोग गरे बापत धन्यावाद ज्ञापन गरेका थिए ।

पर्सामा सरुवा भएर आएको १४ महिना पश्चात प्रहरी मुख्यालयले उनको सरुवा गरेको हो । प्रहरी मुख्यालयले एसपी शाहको इन्टरपोल शाखामा सरुवा गरेको छ ।
गएको पुष ४ गते पर्सामा एसपी शाहको सरुवा भएको थियो । एसपी शाहले आजदेखि रवाना बुझेपछि डिएसपी कुमारविक्रम थापा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गरेका छन् ।

पर्सामा सरुवा भएका एसपी कुमोध ढुंगेल नआउञ्जेलसम्मका लागि डिएसपी थापालाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको पर्सा प्रहरी बताउँछ ।
प्रहरी प्रधान कार्यालयले यही १ गते देशभरिका ७८ एसपीहरुको सरुवा निकालेको थियो । प्रहरी मुख्यालयले पर्सामा ढुंगेलको सरुवा गरेको छ ।


सम्बन्धित समाचार