Logo

५ फागुन,वीरगञ्ज । आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा अहिले नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । यो खेलमा नेपालले टस जितेको छ । नेपालले टस जितेर बलिङ रोजेपछि नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दैछ । नेपालले आज दिपेन्द्र सिंह ऐरी र देव खनाललाई समेटेको छ ।

अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् । जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ ।
नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स विश्वकप खेलेको अनुभव रहेको उच्चस्तरको टोली पनि हो ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।


सम्बन्धित समाचार