Logo

५ फागुन,वीरगञ्ज । नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक वीरगञ्जको होटल भिष्वामा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष डा. दिपेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

संस्थामा संस्थापकहरुबाट भएको योग्दान रकम तथा आजिवन सदस्यता शुल्कबाट प्राप्त रकममध्ये ७५ प्रतिशत रकमलाई पूँजीकृत कोषमा राख्ने र बाँकी चालु शिर्षकमा खर्च गरिने बैठकले निर्णय गरेको छ । एसोसिएसनले भोलिदेखि नै नयाँ आजिवन सदस्य तथा साधारण सदस्यहरु बनाउनका लागि फारम वितरण गर्न सुरु गर्ने भएको समेत जनाएको छ ।

आजिवन सदस्यता लिने सदस्यहरुले एकपटक मात्र दस हजार आजिवन सदस्यता शुल्क तिरेर सदस्यता लिन पाउने अध्यक्ष चौधरीले बताउनुभयो । त्यस्तै साधारण सदस्यता लिन चाहनेहरुको लागि प्रथम वर्ष दुई हजार पाँच सय र सो पश्चात प्रतिवर्ष एक हजार रुपैँया नविकरण शुल्क वापत तिर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

एसोसिएसनको सदस्यता लिनलाई कर्मस वा व्यवस्थापन संकायमा स्नाकोत्तर गरेको हुनुपर्ने बताइएको छ । आफ्ना सदस्यहरुलाई आरटिकल (आलेख) लेख्न निशुल्क प्रशिक्षण दिने छ भने कर्मस वा व्यवस्थावन संकायमा स्नात्तक चौथो वर्ष तथा स्नाकोत्तर अध्ययनरत विद्यार्थीलाई समेत न्यून शुल्कमा प्रशिक्षण दिने एसोसियसनले जनाएको हो ।

यसैगरि सन् २०२४ भित्र वीरगंजमा नेपाल कमर्स एसोसिएसनको प्रथम कन्फ्रेन्स गर्ने निर्णय समेत बैठकले गरेको छ । कन्फ्रेन्सपश्चात जर्नल (पुस्तक) समेत प्रकाशन गर्ने एसोसिएसनले छ ।


सम्बन्धित समाचार