Logo

६ फागुन,काठमाडौँ । सरस्वतीको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि रौतहटको ईशनाथ नगरपालिकामा आज कर्फ्यू लगाइएको छ।

ईशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू लगाएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको जानकारी दिए। कर्फ्यू लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न प्रतिबन्ध लगाइएको छ।

ईशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ।


सम्बन्धित समाचार