Logo

६ फागुन,काठमाडौं । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै एमालेले समर्थक लिने तयारी गरेको हो।

आइतबार दिउँसो २ बजे मधेस प्रदेश सभाको बैठक बस्दैछ। सोही बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम छ। त्यसअघि नै एमालेले संसदीय दलको बैठक डाकी सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेको छ।

गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिई मधेस सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
यसअघि एमालेले दुई पटकस्म मुख्यमन्त्री यादवलाई विश्वासको मत दिँदै प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्दै आएको थियो।

मधेस प्रदेश सभामा १०७ सांसद छन्। जसमध्ये एमालेका २४ जना छन्। सभामा कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन्।


सम्बन्धित समाचार