Logo

६ फागुन,रौतहट । रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको क्षेत्र थप गरिएको छ । ईशनाथ नगरापालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा सुरु भएको विवाद बढेपछि कर्फ्युको क्षेत्र विस्तार गरिएको रौतहटका प्रजिअ हिरालाल रेग्मीले रातोपाटीलाई बताए ।

शनिवार साँझ ५ बजेबाट ईशनाथ नगरपालिकाको वडा नम्बर–६ र ७ मा लगाइएको कर्फ्यु थप ६ वटा वडामा बिस्तार गरिएको छ । ईशनाथ नगरपालिकाको वडा नम्बर–२, ३, ४ र ५ मा बिस्तार गर्ने निर्णय गरिएको छ ।

मस्जिदमा अराजकता बढ्ने सम्भावना देखिएपछि कर्फ्यु क्षेत्र विस्तार गरिएको प्रअिज रेग्मीले जानकारी दिए । हिन्दु समूहले मस्जिदको माइकल निकाल्न खोजेको सूचना आएपछि स्थापना प्रशासनले अराजकता बढ्ने विश्लेषण गरेको छ ।

ईशनाथ नगरपालिकाको पूर्वमा हनुमान मन्दिर (बन्जरहा मोड), पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप बिओपी देखी दक्षिण जमिल अख्तरको बोरिङ र दक्षिण क्षेत्रमा एपिएफ बिओपी देखी जयनगरसम्मको सिमानामा कर्फ्यु आदेश जारी गरिएको छ ।


सम्बन्धित समाचार