Logo

७ फागुन,वीरगञ्ज । देशको शैक्षिक नीतीमा आमूल परिवर्तनको आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । लिभिङ विथ इन्भारोमेन्ट वातावरण जिउने आधारले आइतवार वीरगञ्जमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागीहरुले यस्तो जोड दिएका हुन् ।

बीरगंज पब्लिक कलेजमा लिभिङ विथ इन्भारोमेन्टले “बीरगंज भूत बर्तमान भविष्य” बिषयक प्यानल डिस्कसन कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिना जयसवालले वतावरणको संरक्षण र नागरिकको बिकासको चाहना पुरा गर्नका लागि आफू संसदमा आवाज उठाउँदै आएको धारणा राखिन् ।

यस्तै जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदका अनुसार नेपालको कमजोर शैक्षिक प्रणालीका कारण युवाहरु बिदेशिएका छन् । उनले नेपालको शिक्षाले देशमा बेरोजगारी उत्पादन भएको लगाए । उनले राज्यले शिक्षाको जिम्मेवारी लिइ त्यसमा आमूल परिर्वतन ल्याउनुपर्नेमा जोडठ दिए । शिक्षामा राज्य तथा परिवारले लगानी बढाउनुपर्ने उनले सुझाए ।

यसैगरि डा।सुष्मा शर्मा द्विवेदीले बीरगंज महानगरभित्रका ९० वटा सरकारी विद्यालयको अनुगमनको अनुभव सुनाउदै पूर्वाधार निर्माणमा स्थानीय सरकारको ध्यान नगएको बताइन् । उनले तीनै तहका सरकारले शैक्षिक सस्ंथाको बिकासका लागि चासो नदिएको आरोप लगाइन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेका अनुसार पूर्वाधार निर्माणको काम मात्र बिकास हो भन्ने बुझाईमा परिर्वतनको खाँचो छ ।

युवा उद्यमी अनुप अग्रवाल, सिद्धार्थ माध्यामिक बिद्यालयका प्रधानाध्यापक रमेश मिश्र, पत्रकार बिमला गुप्ता लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण आकाश चौहानले गरेका थिए ।
यसैवीच संस्थाले कार्यक्रमका अतिथिहरुलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

पत्रमा बीरगंजमा पर्यटकको हितका निम्ति सुविधा सम्पन्न शौचालयको आवश्यकता रहेको उल्लेख छ । त्यस्तै शहरमा खुला ठाउमा माछा मासुको बिक्री बितरण गर्नाले शहरको बैभवको छवि खल्लो पार्ने भएकोले यो समस्याको हल खोज्न सुझाव दिइएको छ । साथै शैक्षिक संस्थानको वरिपरि रहेका धु्रमपानयुक्त पसलहरुलाई व्यवस्थित गर्न सुझाव दिइएको छ ।


सम्बन्धित समाचार