Logo

९ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले बीरगन्जमा लगाएको कफ्र्यू खुकुलो पारेको छ । सर्वदलीय बैठक र हिन्दु समाजका अगुवाहरुसंग भएको छलफलपछि प्रशासनले आजदेखि कफ्र्यू खुकुलो बनाएको हो ।

विहान ११ बजेसम्मका लागि खोलिएको कफ्र्यूको समय पुनः थपेर राती १० बजेसम्मका लागि कफ्र्यू आदेश स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए ।

सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै कफ्र्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दुई समुदायबीच विवाद बढ्ने सम्भावना बढेपछि जिल्ला प्रशासन कार्यालयले तीन दिन अगाडि कफ्र्यू लगाएको थियो ।


सम्बन्धित समाचार