Logo

९ फागुन,वीरगञ्ज । बाराको सिमरामा ट्रक र पिकअप एकापसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आधाभार जंगलमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेहरुमा बोलेरो पिकअप चालक नुवाकोट जिल्लाको बिदुर नगरपालिका निवासी सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी जिल्ला मधुवन थाना ग्राम कुन्दनपुर निवासी चन्दन चौहान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मगराती र चौहानको उपचारको क्रममा बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपाने बताउँछन् ।

सिमराबाट हेटौँडातर्फ जादैँ गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउदैँ गरेको बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप बुधबार बिहान एकापसमा ठोक्किदा दुर्घटना भएको बारा प्रहरी प्रवक्ता न्यौपानेको भनाइ छ ।

यसैगरी दुर्घटनामा घाइते हुनेहरुमा भारतको बिहार राज्य मजफ्फरपुर जिल्ला, परखना मोतिपुर थाना, दरुराज ग्राम सिसुवा बस्ने राहुल चौधरी, भारत बिहारकै महाराजगंज जिल्ला गोरखपुर बस्ने सुदिप चौहान, सोही ठाँउ बस्ने रामलखन चौहान र ट्रक चालक परवानीपुर गाउँपालिकाको चैनपुर घर भई हाँल जीतपुरसिमरा वडा नम्बरं २ हुलास टोल बस्ने रवि पटेल रहेका प्रवक्ता न्यौपानेले बताए

घाइते सबैको एलएस न्युरो अप्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार