![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/02/ridesh-and-india.jpg?fit=1000%2C750&ssl=1)
९ फागुन,काठमाडौं। हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जनता प्रगतिशील पार्टी नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा ५ बुँदे सहमति भएको छ।
बुधबार भएको सहमतिको पाँच बुँदामा ‘नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्ने, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनीकरण तथा कार्यान्वयन गराउन’ उल्लेख गरिएको छ।
उक्त विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका दलहरुलाई पनि सहकार्यको लागि अनुरोध गरिएको छ।