Logo

९ फागुन,वीरगञ्ज । रौतहटको इशनाथ नगरपालिकामा पाँच दिनदेखि लागेको कफ्र्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएको हो ।

यहि फागुन ५ गते इशनाथ नगरपालिका वडा नंं ७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा दुइ समुदाय बिच विवाद उत्पन्न्न भएको थियो । सोही विवादलाई नियन्त्रणमा लिइ, जिल्लामा शान्ति सुरक्षा कायम गर्न इशनाथ नगरपालिकाको वडा नंं ६ र ७ स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको थियो ।

ती दुई वडाबाहेक अन्य वडाहरुमा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वडा नं. २, ३, ४ र ५ मा पनि ६ गते दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको थियो ।

जिल्लाको स्थिती हाल सामान्य भएकाले कफ्र्यू हटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जनाए । उनका अनुसार बुधबार साँझ ५ बजेदेखि लागु हुने गरि पूर्णरुपले कफ्यू हटाइएको हो ।


सम्बन्धित समाचार