Logo

९ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड एसपीं कुमोध ढुंगेलले सम्हालेका छन् ।बुधबार दिउँसो कार्यालयमा हाजिर प्रहरी उपरिक्षक (एसपी) ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।

प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाइ डिएसपी कुमारविक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।

जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएको जनाइएको छ ।

प्रहरी मुख्यालयले यही १ गते ढुंगेलसहित ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो । यसअघि पर्साको एसपीरुपमा कोमल शाहले कमाण्ड सम्हालेका थिए । उनको सरुवा नेपाल प्रहरीको इन्टरपोल शाखामा भएको छ ।


सम्बन्धित समाचार