Logo

१० फागुन,नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को उद्घाटन गर्नुभएको छ।

’सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि’ आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो। प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो।

प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गर्नुभयो। सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक, यात्रु सबैलाई ज्ञान दिने उहाँले बताउनुभयो।


सम्बन्धित समाचार