Logo

१० फागुन,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ । नगरपालिकाको वडा नं. ९ बाट एक थान कटुवा पेस्तोलसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका–५ बस्ने ४३ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका–१ बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता ध्रूबबहादुर श्रेष्ठले जनाए ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना १२ प ४९७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुबाट कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनायो ।

मोटरसाइकल चालक दिपेन्द्रलाइ जाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध नलकटुवा पेस्तोल बरामद गरेको प्रवक्ता श्रेष्ठले बताए । सोही क्रममा नलकटुवा पेस्तोल, मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी बताउँछ ।

पक्राउ परेकाहरुमाथि हतियार सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार