Logo

१२ फागुन,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको त्रिमुर्ति चोकबाट तास खेलीरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । त्रिमुर्ति चोकको मुख्य सडकमै रहेको वीरगञ्ज मिटिङ हाउस खाजा घरबाट तास खेलीरहेको अवस्थामा शुक्रबार १३ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

खाजा घरमा तास खेली रहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपूरबाट प्रहरी निरीक्षक धर्मजङ्ग थिङको नेतृत्वमा गएको प्रहरी टोलीले खाजा घरका मालिक सहित १३ जनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

तास खेली रहेका र हेरेका तथा खाजा घर मालिक समेत १३ जना पक्राउ गरेको पुष्टि गरेपनि अनुसन्धान भईरहेकोले अहिले नाम सार्वजनिक नगरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार