Logo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही आउनुभएको छ ।

बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउनुभएको हो ।

नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत तीन हजार विद्यार्थी र करिब १५ हजार अभिभावकलाई सहभागी गराई आज एक दिनको शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बागमती नगरपालिकाले जनाएको छ ।

बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित महोत्सवमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सम्बोधन गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।

महोत्सवमा तीन हजार विद्यार्थीले सातै प्रदेशको संस्कार, संस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् ।


सम्बन्धित समाचार