Logo

१२ फागुन,वीरगञ्ज । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा सशस्त्र प्रहरी फरवाड आउट पोस्ट (एफओबी) आगलगी भएको छ ।

बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा बिद्युत सर्ट भएर आगलगी भएको बलिरामपुर सशस्त्र प्रहरीले जनाएको छ ।
दिउँसो ३ बजेबाट सुरु भएको आगलगीबाट एफओबीमा रहेको सबै हातहतियार, गोली गठ्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ ।

अहिले आगलगी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ ।
आगलगीबाट कुनै मानवइि क्षति नभएको तथा क्षतिबारे यकिन विवरण नआएको बलिराम सशस्त्र प्रहरीको भनाइ छ ।

 


सम्बन्धित समाचार