Logo

१३ फागुन, पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा आजदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” नारा सहित प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता वडा नंं ५ को मधुवाहा खेल मैदानमा सुरु भएको हो । पालिका अध्यक्ष श्रीकान्त यादवको सभापतित्वमा भएको प्रतियोगिताको उद्दघाटन वीरगञ्ज महानगरपालिकाका नगर उपप्रमुख इम्तियाज आलमले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, शिक्षा संयोजक अशोक सिंह, वडाध्यक्षहरु तथा अन्य जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

प्रतियोगितामा प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका छात्रछात्रातर्फ हाईजम्प, लङजम्प, दौड (१००मी.÷२०० मी.÷४०० मी) र शटपुट खेल हुनेछन् । प्रतियोगिता मंगलवारसम्म चल्ने बताइएको छ ।


सम्बन्धित समाचार