Logo

१३ फागुन, बारा । बारामा करारका शिक्षक हटाई स्थायी शिक्षक राखिरहेको भन्दै नेपाल शिक्षक संघले आपत्ती जनाएको छ ।

शिक्षक सेवा आयोग भक्तपुरले नि. मा.बि. तहमा बारा जिल्लामा सिफारिस भएका स्थायी शिक्षकहरुको कारण अस्थाई तथा करारमा कार्यरत शिक्षकहरु बिस्थापित भईरहेको प्रती गम्भिर ध्यानआकर्षण भएको नेपाल शिक्षक संघले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष प्रशुराम यादब र महासचिव बिजय कुमार झाले संयुक्त रुपमा एक प्रेस बिज्ञप्ति निकालि आपत्ती जनाएका हुन् । बारा जिल्लामा नि.मा.बि. तहमा अध्यापन गराईरहेका २९ जना अस्थाई तथा करारका शिक्षकहरुलाई सेवाबाट बिस्थापित हुन गईरहेको भन्दै नेपाल शिक्षक संघले आपत्ती जनाएको हो ।

हाल बिद्यालय शिक्षा ऐन २०८० संघिय संसदमा बिचारधिन रहेकाले उक्त ऐन संसदबाट अनुमोदन नहुञ्जेलसम्म अस्थाई÷करारका शिक्षकहरुलाई बिनाकारण बिस्थापित नगर्न बिज्ञेप्तिमा भनेको छ ।

बारा जिल्लामा बिभिन्न स्थायी तहमा रिक्त दरबन्दीमा स्थायी शिक्षकलाई ब्यवस्थापन गरि अस्थाई, करार शिक्षकहरुलाई सेवाबाट बिस्थापित नगर्न गराउँन शिक्षा बिकास तथा समन्वय ईकाई बारा लगायत सरोकारवालाहरुलाई प्रेस बिज्ञप्ति मार्फत अनुरोध गरेको छ । शिक्षक संघको यस्तो प्रेस बिज्ञेप्तिलाई कतिपय शिक्षा क्षेत्रका जानकारहरुले शैक्षिक क्षेत्र बिगार्ने मेलोमेसो भन्नी टिप्पणी गरेका छन् ।


सम्बन्धित समाचार