Logo

१४ फागुन, बीरगन्ज । युवा महिला र सीमान्तकृत वर्गका युवाहरुलाई लक्षित गरी मधेश प्रदेशमा सञ्चालित ७ महिने फेलोसिप कार्यक्रम सकिएको छ ।

द एसिया फाउण्डेशन मुख्य कार्यन्वन संस्था रहेको युएसएआइडी नागरिक समाज र सञ्चार (सिएसएम) कार्यक्रमको मिडिया च्यालेञ्ज फण्ड अन्र्तगत हाम्रो अभियान पर्साले मधेश प्रदेशका तीन जिल्लामा सञ्चालन गरेको १२ महिने फेलोसिप कार्यक्रम सकिएको जानकारी दिइएको छ । पर्सा, बारा र रौतहटका पत्रकारहरु फेलोसिप कार्यक्रममा सहभागी रहेको आयोजक संस्थाले जनाएको छ ।

हाम्रो अभियान पर्साले आज बीरगन्जमा एक कार्यक्रम गर्दै १२ महिने फेलोसिप कार्यक्रमको सञ्चालनको उद्देश्य र प्राप्त उपलब्धीबारे जानकारी दिँदै कार्यक्रम सकिएको जनाएको छ ।

हाम्रो अभियान पर्साका प्रमुख शिवनाथ यादवले महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको क्षमता अभिवृद्धि गराइ सञ्चार क्षेत्रमा सहभागिता बढाउनु उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाए ।

उनले भने,‘यो उद्देश्य अनुरुप कार्यक्रमले उपलब्धी पनि प्राप्त गरेको छ, किनकी यही १२ महिनाको अवधिमा १० जना दक्ष पत्रकार उत्पादन भएका छन् । जसले ४४ वटा खोजमुलक स्टोरीसमेत तयार गरेका छन्, जुन सामग्रीले जनताको समस्या उठान गरेको छ, सम्बोधन पनि भएको छ ।’ उनका अनुसार हाम्रो अभिानमार्फत उठाइएका जनताका मुद्दाहरुको त्यस क्षेत्रका पालिकाबाट समाधान पनि भएको पाइएको छ । जुन हाम्रो लागि उपलब्धिमूलक रहयो,’उनले भने ।

फेलोसिप कार्यक्रममा नयाँ पुस्ताका पत्रकारहरुलाई प्राथमिकता दिइएको जनाउँदै उनले भने,‘सबैलाई हामीलाई तालिम दिइयौं, त्यहाँ कसरी खोजमूलक समाचार लेख्ने त्यो सिकायौं । अनि उहाँहरुबाट ल्याइएका सामग्रीहरु विभिन्न मिडियामार्फत प्रकाशन पनि ग¥यौं, जसकारण हामीलाई आफ्नो उद्देश्यमा सफलता मिलेको हो ।’
१२ महिने फेलोसिप कार्यक्रममा सहभागी पत्रकारहरुमध्येका एक सहभागिले आफू धेरै विषयबारे जानकार भएको साइस्ता खातुन बताउँछिन् ।

उनी सुनाउँछिन्,‘समाचारको त कुरौ नगरौं, म मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्छु, जहाँ धेरै कुरामा धार्मिक प्रतिबन्ध छ, जसका कारण बाहिरका धेरै सवालमा हामी जानकार हुँदैनौं । पत्रकारिता त झन जटिल विषय हो त्यो जान्ने कुरै भएन तर यो कार्यक्रम पश्चात आफू दक्ष महिला पत्रकारको रुपमा खडा भएको महशुश भइरहेको छ ।’
फेलोसिप कार्यक्रम समापन भएको अवसरमा १२ महिनामा गरिएका खोजमूलक सामग्रीहरु राखी हाम्रो अभियान पर्साले समाचार संगालो नामक पुस्तक पनि विमोचन गरेको छ । विमोचित पुस्तकमा फेलोज पत्रकारुहले लेखेका समाचार राखिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका उद्योग राज्य मन्त्री रहबर अन्सारीले पत्रकारिता ऐना जस्तो नभइ पानी जस्तो हुनुपर्ने तर्क सुनाए ।
उनले भने,‘पत्रकारिता पानी जस्तो हुनुपर्छ, किनभने भने पानीमा कुनै रंग, गन्द, वा कुनै मिसावट हुँदैन, त्यसकारण सबैलाई पाच्य हुन्छ । पत्रकारिता पनि पानी जस्तै सबैलाई चाहिने सामग्रीको रुपमा आवश्यक भएकोले पानी जस्तै हुनुपर्छ ।’

उनका अनुसार पानीमा रंग वा गन्ध आयो भने सबैले खादैन्न्, पत्रकारिताको हकमा पनि त्यही लागू हुन्छ ।
उनी भन्छन्,‘पत्रकारिता जीवित राख्नका लागि अबको पत्रकारिता पानी जस्तै हुनैपर्छ, यसले लोकतन्त्र पनि जीवित रहन्छ । यहाँबाट उत्पादित पत्रकारले त्यो काम गर्नुहुनेछ, आशा छ ।’

फेलोसिप समापन कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव, युएसआईडीका प्रतिनिधि मारिया मारिया टेलेवान्टोस , सुमित्रा मानन्धर, विश्वास राणा, एसिया फाउण्डेशनका प्रतिनिधि अजय दासले कार्यकम उद्देश्य प्राप्त गरेको गरेकोमा हाम्रो अभियानलाई धन्यवाद दिनु भयो । पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीसहितकाले आफ्नो धारणा राखेका थिए ।


सम्बन्धित समाचार