Logo

फाइल फोटो

१५ फागुन,वीरगञ्ज । बारामा शंकास्पद वस्तु पड्किएर मृत्यु हुनेको सङख्या तीनजना पुगेको छ । निजगढ नगरपालिका वडा नं. ७ निजगढ बजारमा सञ्चालित रेशम मगरको वर्कसप लेथमा हिजो ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको थियो ।

उक्त घटनामा सञ्चालक रेशम मगरको हिजै मृत्यु भएको थियो । भने घटनामा ५ जना घाइते भएका थिए । विस्फोटबाट घाइते भएकाहरुमध्ये थप दुईजनाको उपचारको क्रममा वीरगञ्जको वयोधा अस्पतालमा ज्यान गएको बाराका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।

मृत्यु हुनेहरुमा भारत जिल्ला गवाईका ३५ वर्षका राकेश जैसवाल र वीरगञ्ज महानगरपालिका वडा नंं. ९ बस्ने २० वर्षका रितु रजत रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका निजगढ–०५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज–९ बस्ने ३४ वर्षका फिरोज देवान र भारत रामघडवाका २० वर्षीय अरविन साहको अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारीका ४० वर्षीय राज भन्ने रमेश जैसवाल र निजगढ–९ बस्ने २९ वर्षका टिकाराम पाख्रिङ रहेका बारा प्रहरी बताँउछ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।

 


सम्बन्धित समाचार