Logo

१८ फागुन,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले फिर्ता ल्याएको जग्गामा अस्पतालन निर्माण गर्ने भएको छ । साविकको विजवानिया गाविस वडा नम्बर २ मा रहेको नदि किनारको कित्ता नम्बर ६२ को तीन बिघा १८ काठ्ठा जग्गा दुई जना व्याक्तिले मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा आफ्नो नाममा कायम गराएका थिए ।

मालपोत कार्यालयले फाल्गुन १५ गते जगरनाथपुर गाउँपालिकाको नाम दर्ता गरि लालपुर्जा दिएको गाँउपालिका अध्यक्ष यादवले बताए । उक्त जग्गामा गाँउपालिकाले छिट्टै १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने निर्णय गर्ने गाँउपालिका अध्यक्ष यादवले बताए ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ विजवनियामा फर्जी कागजातको आधारमा व्यक्तिको नाममा गरिएको झण्डै चार बिघा सार्वजनिक जग्गा गाँउपालिकाले फिर्ता गराएको हो । केही वर्ष पहिले बहुदरमाई नगरपालिका वडा नम्बर २ विश्रामपुरकी चन्द्रकली कुर्मीन् र त्यही स्थानका महेन्द्र प्रसाद गोढले मालपोत कार्यालयमा फर्जि कागजात पेश गरेर उक्त जग्गा संयुक्त रुपमा आफ्नो नाममा दर्ता गराए थिए ।

जग्गा अतिक्रमणको बारेमा विजवनियाका स्थानीयले जगरनाथपुर गाउँपालिका कार्यालयमा जानकारी गराएपछि गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मालपोत कार्यालय पर्सामा जग्गा गाँउपालिकाको स्वामित्वमा फिर्ता गराउन पत्र पठाएका थिए ।

गाँउपालिकाले पठाएका प्रमाणसहितका कागजातको मालपोत कार्यालयले अध्ययन गरेपछि उक्त जग्गा चन्द्रकली कुर्मीन् र महेन्द्र प्रसाद गोढको भएको ठहर नभएपछि उनीहरुको नाममा दर्ता रहेको जग्गाको लालपुर्जा खारेज गरी गाउँपालिकाको नाममा फिर्ता गरेको हो ।


सम्बन्धित समाचार