Logo

१८ फागुन,वीरगञ्ज । लागुऔषध गाँजा सहित पर्साबाट एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं.२७ रामपुर स्थित सडकखण्डबाट एकजना पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी चौकी उदयपुर घुर्मीबाट खटिएको चेकिङ टोलीले लागुऔषध गाँजा ६ केजी २ सय ग्रामसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाराको परवानीपुर गाँउपालिका वडा नं. ५ बहुअरीका २६ वर्षका दिपक पटेललाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जनाए ।

नहरको बाटो हुँदै डकैला बहुअरीतर्फ जाँदै गरेको म.प्र.०३–०२६ प ००९७ नम्बरको मोटरसाईकलमा सवार उनको साथबाट गाँजा बरामद भएको प्रवक्ता थापाले बताए । पटेलले मोटरसाईकल पछाडी बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र लुकाइ छिपाइ राखिएको अवस्थाबाट लागुऔषध गाँजा फेला पारेको प्रहरी बताँउछ ।

लागुऔषधसहित पक्राउ परेका पटेलमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार